Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहिले सरकारलाई गाली होइन सबै मिलेर सामना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको सङ्कटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्ने बताए ।उनले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको बताए । उनले भने, जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी उद्धार राहतको काममा लाग्ने । पुर्ननिर्माण र पुर्नस्थापनाको चुनौती छ । उनले अहिले सरकारलाई गाली गर्ने नभइ मिलेर राहत, उद्धर र पूनर्निर्माणमा खटिनुपर्ने बेला आएको बताए । आफू पनि सरकारलाई गाली गर्ने पक्षमा नरहेको उल्लेख गर्दै प्रचण्डले अवस्था भने जटिल रहेको बताए । देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको प्रचण्डको भनाई थियो । यस्तै प्रचण्डले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताए । विगतमा आफ्नै सक्रियतामा भएको संविधान संशोधनले मधेशी दल र जनतालाई चुनावमा सामेल गर्न सम्भव भएको प्रचण्डको भनाई छ ।