Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आँटे परिवर्तन यसरी हुन्छ

काठमाडौं । अबको सात महिनापछि प्रहरी महानिरीक्षक हुने हैसियत राख्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल यतिखेर काम देखाउन सक्रिय भएका छन् । उनले मातहतका सबै इकाई प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएका छन् । उनी जुन बेला मेट्रोमा प्रवेश गरे त्यो बेलादेखि आफू मातहतका कार्यालयहरुलाई सुधार्न लागेको बताउँथे । तर जवानहरुले खाने मेसमा सहभागी भएर सँगै खाना खाएका थिएनन् । अहिले पोखरेल ट्राफिक तथा वृत्त तथा प्रभागहरुमा सँगै बसेर खाना खान बाध्य छन् किनकि प्रहरीमा अधिकृत लेवल र तल्लो वर्गकोबीचमा भेदभाव छ । त्यसलाई मेट्न उनले चलाएको यो अभियान निरन्तर जारी रहन्छ कि रहँदैन त्यो भने अब हेर्न पर्दछ । हाल अधिकृत र जवानको छुट्टाछुट्टै मेस राखिँदै आएकामा एउटै मेस प्रयोग गर्न निर्देशन दिइएको हो । उपत्यकाको तीन जिल्ला हेर्ने आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले मातहतका सबै प्रहरी इकाई प्रमुखलाई बोलाएर १० दिनभित्र सुविधा सम्पन्न साझा मेस तयार गर्न निर्देशन दिए । उनले उत्कृष्ट मेस तयार गरेर आवश्यक सामग्री जुटाउने १० जना कार्यालय प्रमुख र लेखापाललाई पुरस्कृत गरिने पनि बताएका छन् । यसअघि पोखरेलले विभिन्न प्रहरी कार्यालयका जवानको मेस निरीक्षण गरेका थिए । त्यसपछि उनले यो निर्देशन दिएका हुन् । काठमाडौंको एक प्रहरी वृत्तका प्रमुख नायब उपरीक्षक (डीएसपी) का अनुसार पोखरेलले भान्छामा आवश्यक सबै किसिमको भाडाकुँडाको व्यवस्थापन साथै प्रहरी जवानबराबरकै थाल, कचौराको व्यवस्थापन गर्न पनि भनेका छन् । मेस सुधार कार्यक्रमले जवानको मेसमा भएको कमजोरी क्रमशः विस्तारै हट्दै जाने र सामूहिक भावनाको पनि विकास हुँदै जाने विश्वास पोखरेलको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल