Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमईको सचेतना प्रभातफेरि

काठमाडौं । स्थापनाको २२ वर्ष पूरा गरी २३ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरिको आयोजना गरेको छ ।
‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रभातफेरि कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै केन्द्रीय कार्यालयमा पुगेको समापन भएको थियो ।
डिजिटल रेमिट्यान्सको प्रवर्धन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरिको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा ‘सुरक्षित रेमिट्यान्स, सुरक्षित भविष्य’, ‘रेमिट्यान्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४ सयभन्दा बढी कर्मचारीको सभागिता थियो । प्रभातफेरिमा चर्चित कलाकार तथा आइएमईका ब्रान्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए ।
प्रभातफेरि उद्घाटन गर्दै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण सेवाग्राही, नियामक निकाय तथा कर्मचारीलाई धन्यवाद दिए । हरेक वर्ष जेठ २९ गते आइएमईले स्थापना दिवसका अवसरमा सचेतनामूलक प्रभातफेरि आयोजना गर्दै आएको छ ।
स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्‍याउँदै आएको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल