Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमई र एसबीआई बैंकवीच सम्झौता

काठमाडौँ। ईन्टरनेस्नल मनि एक्सप्रेस ९आइएमई० र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ। सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिने ईन्टरनेस्नल मनि एक्सप्रेस (आइएमई) ले जनाएको छ। सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका थिए। कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख संचालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको ईन्टरनेस्नल मनि एक्सप्रेस ९आइएमई० ले जनाएको छ।