Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमई लाईफको आईपीओ निष्काशनको मिति तय

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनको मिति तय गरेको छ ।
कम्पनीले बैदेशिक रोजगारीमा रहेकाहरुको लागि असार १ गतेदेखि असार १५ गतेसम्म र सर्वसाधारणका लागि असार २० गतेदेखि छिटोमा २४ गते र ढिलोमा साउन ४ गतेसम्म निष्काशन खुला गर्ने भएको हो ।
कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता रु. २३६.९१ मा १ अर्ब २० करोड रुपियाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुको लागि निष्काशन बिक्री गर्नेछ ।
६ लाख कित्ता सामुहिक लगानी कोषका लागि, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुटाएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख ६० हजारले १०–१० कित्ताका दरले पाउने छन् ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल