Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइजीपका कारण गृह असन्तुष्ट

काठमाडौं । राजधानीको सुरक्षा व्यवस्था काठमाडौं मेट्रो प्रहरीको नियन्त्रणमा हुने कि प्रहरी प्रधान कार्यालयको नियन्त्रणमा ? देशकै सुरक्षा जिम्मेवारीपाएका आईजीपीले देशभरिको सुरक्षा हेर्ने कि साग खेलकुदको सुरक्षामा केन्द्रित हुने ? काठमाडौं प्रहरीले नियन्त्रण गर्ने सुरक्षा व्यवस्थामाथि प्रहरी प्रधान कार्यालयले हस्तक्षेप गरेपछि यो प्रसंग गृहमन्त्रीसमक्ष समेत पुगेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राष्ट्रिय खेलकुद परिषद्ले सरकारको समन्वय बिना सुरक्षाको नेतृत्व सुम्पेपछि गृहमन्त्रीले समेत विरोध गरेका छन् ।

आईजीपी खनालले आफ्नो नेतृत्वमा सुरक्षा परिचालन गर्ने जिम्मेवारी पाएपछि भनेकाछन्– १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारकासाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको उक्त प्रतियोगितामा आउने अतिथिहरुको आगमन अवस्थामा गरिने सुरक्षा व्यवस्था निरीक्षण तथा अवलोकनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीहरुलाइ शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक खनालले नेपाल आउने पाहुनाहरुलाई विना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारकासाथ छिटो छरितो सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता र विशिष्ट पाउनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले बिमानस्थलमा हुन सक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने समेत बताउनुभयो । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधन स्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी समेत लिनुभएको थियो ।


सम्बन्धित समाचार