Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दबाव आउनु आग्रह गर्नु एउटा तर निर्देशन दिएर गलत काम गर्न लगाउनु पदीय गरिमा विपरित हो । गृह सचिवको इच्छा, मन्त्रीको चाहना थियो होला हतियार माफिया दिपक भट्टको योजना सफल बनाउने त्यो पनि म्याद थप्दै राखेको पुरानो प्रस्तावमा प्रहरी आईजीपी दिपक थापाले हतियार खरिद गर्ने तर नयाँ टेण्डर खुलाएर काम गर्ने आँट मात्र गरेनन् प्रहरीमा झाँगिएर बसेको तल्लो तहदेखिको बढुवा एकै लटमा गरेर चमत्कारीता देखाए । राजनीतिक आग्रह दबाव निश्चित हो । थापाले पदभार लिएपछि जिल्लाको नेतृत्वमा खटेका धनुषाका एसपी नरहरि रेग्मी हुन वा चितवनका एसपी गोविन्द पुरी किन नहुन् ? तिनको कार्य कुशलताले त्यो क्षेत्रमा प्रहरीको पहिचान गराएकै छ । त्यो स्थिति काठमाडौं र ललितपुरका एसएसपीहरूले देखाएका छन् । उपत्यका कमाण्डर पनि त्यस्तै छन् । प्रहरी प्रमुखहरू बारा, पर्सा, बाँके, रौतहटका जुन तरहले तस्कर र राजश्व मारासँग मिलेको समाचार आएका छन् धनुषामा त्यो छैन । धनुषा आफैं पनि सत्तापक्षका दुई प्रतिस्पर्धीको मैदान हो । एसपी रेग्मी नेतृत्वमा गएपछि धनुषामा लागू औषधको कारोबार र तस्करहरूमाथि बढी प्रहार भएको छ । सशस्त्र प्रहरीमाथि सिमा तस्करले गरेको घेराउ हुँदाको प्रतिकारमा होस् वा सीमाको दुरूपयोग गर्नेमाथिको कारबाही किन नहोस् रेग्मीको टीम खरो ढंगले उत्रेको देखिन्छ । ७७ जिल्लाको केन्द्र देशको मध्यभाग सीमा क्षेत्रको जोखिम अन्यत्र अपराध गरेर लुक्ने थलो चितवनको प्रहरी नेतृत्वमा पुरीको आगमनसँगै प्रहरी शसक्त भएको छ । कमाई नै खोज्ने भए मोरङ रूपन्देही, बाँके, पर्सा, रौतहट जस्ता जिल्लामा पर्न हाकीमहरूले राजनीतिक पहुँच देखाउने विगतको चलखेल यस पटक थापा आईजीपी भएका कारण देखिएन । किनकि त्यस्ता जिल्लाको थापाले पनि विगतमा कमाण्ड गरेका थिए । उनलाई कहाँ के कस्तो सबै थाहा छ । अपराध अनुसन्धान हुँदै भ्याली कमाण्ड गर्दै सिआईबी जस्तो ठाउँमा सफल नेतृत्व दिएका आईजीपीले संगठनको गरिमा बचाउन चुकेनन् । उनको कार्यकाल छोटो छ । तर संगठन चुस्त बनाएर छाड्ने धोको उनैको छ । सरुवा बढुवामा उनले स्वविवेकीय अधिकार प्रयोग कति गरे कति भनसुन माने कति दबाव कस्ताको सहे त्यो आफ्नै ठाउँमा छ । तर राष्ट्रसेवक प्रहरी संगठनभित्र आफ्नो ऐन कानुन विधि र प्रक्रिया छाड्न हुन्न भन्ने मुल अडानमा उनी चुकेनन् । राजधानीको दबदबा जस्तो छ त्यस्तै दबाव चितवन र धनुषामा पर्छ । व्यापारी पृष्ठभूमिका नेता र सांसदको दबाव प्रहरीमा हुन्छ । बसन्त कुँवर आईजीपी बन्दा पनि प्रशासन हाँकेका थापालाई त्यही बेला छायाँ आईजीपी भनिन्थ्यो । आईजीपी कुँवरले उनको साथ लिएर आफ्नो विरुद्धका अनर्गल प्रचारलाई प्रतिकार गर्न सके । किनकि उनले रवि लामिछाने भन्दा पनि नारायणकाजी श्रेष्ठ जस्ता सुझबुझ भएका नेताबाट गृहको साथ पाएका थिए । आईजीपी थापासँग काँग्रेस एमालेको मात्र जि हजुरी प्रथा थिएन उनले माओवादी नेतृत्वको समेत संगत गरेका कारण सबै दलसँगको सामिप्यता बराबर प्रयोग गर्न पाए । त्यही नै प्रहरीको पहिचान हो । विगतमा प्रहरीमा गुट नै खडा भएकै थिए । त्यसले संगठन भुत्ते भयो । समय त थापाको धेरै छैन । जति सकिन्छ आफूले नेतृत्वमा छँदा संगठनको इज्जत र गरिमा जोगाउने पक्षमा उनी छन् । उनको टिममा टेकबहादुर तामाङ सुदिप गिरी, दानबहादुर कार्की, डा. मनोज केसी, चन्द्रकुवेर खापाङ लगायत एआईजी रहेका छन् । टिमले नै संगठनको गरिमा बढाउँछ । अहंकार र दम्बले व्यक्तित्व ध्वस्त बनाउँछ । गिरी र तामाङ उनका व्याजी नै हुन् ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल