Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइजीपी धीरजले बनाए टिम

काठमाडौं । सुरक्षा संयन्त्रलाई दलिय हस्तक्षेपले थिलथिलो बनाएको बेला आईपी धिरज प्रताप सिंहले नेपाल प्रहरीको नेतृत्व लिए । आफ्नै टिमभित्रका एआईजी विश्व पोखरेलले वरिष्ठताको आधारमा आफू आइजीपी हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा पुगेको मुद्दा सोमबार पुनः बहस हुँदैछ । राजनीतिक पहुँचकै आधारमा नेपाल प्ररीभित्र फड्को मार्नेहरु धेरै छन् । तिनैमध्येका विश्व पोखरेललाई डिआईजी र एआईजी बन्दा आफ्ना सहपाठीहरुलाई पछाडि पारेको आरोप नलागेको होइन ।

उनी आफूले फुली लगाइदिएको एआईजी आइजीपी बनेपछि वरिष्ठता मिचियो भन्दै एक महिने बिदा लिएर अदालत गएका थिए, उनको बिदा सकिएपछि पुनः बिदा थप गर्न खोज्दा आईजीपीले अस्वीकार गरेपछि मौखिक जानकारी दिइ अदालतको फैसला नआउञ्जेलसम्म हाजिर नहुने बताएका छन् । राजनीतिले दिएको दुःख हटाउन अदालत धाउने प्रवृत्ति अच्युतकृष्ण खरेल आईजीपी हुँदादेखि व्यहोरेको नेपाल प्रहरीले वरिष्ठता र जेष्ठताको विषयलाई मात्रै महत्व दिँदो रहेनछ, कार्यक्षमता र अनुशासनलाई पनि राज्यले चासो लिँदो रहेछ भन्ने कुरा एआईजी भएको महिना दिनभित्र धिरज प्रताप सिंहलाई सरकारले आईजीपी बनाउनाले छर्लङ्ग हुन्छ ।

तर आईजीपी सिंह भने आफू प्रहरी सेवामा प्रवेद गरेदेखि आईजीपी बन्दासम्म कार्यक्षमता र लगनशीलतामा कतै नचुकेको बताउँछन् । यतिखेर आईजीपी भइहालियो सर्वोच्च अदालतले पोखरेललाई पुनः आइजीपी दियो भने पनि चिन्ता लिएर रन्थनिने अवस्था सिंहलाई पनि भएन । धिरजकै कमाण्डमा सरकारले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो । यतिखेर उनले आफ्ना विभागहरुलाई पनि चुस्त बनाएका छन् भने प्रशासन तथा मानव श्रोत विभागमा रहेका विश्व पोखरेललाई प्रदेश समन्वय विभागमा पठाएका छन् । प्रहरीमा प्रशासन र मानवस्रोत छुट्याइएको छ । धेरैको चाहना हुने उपत्यका प्रहरीको कमाण्डमा रविन्द्र धानुक आएका छन् ।

धानुक आईजीपी धिरजसँगै एआईजीमा बढुवा भएका पात्र हुन् । त्यसैगरी केन्द्रीय अनुसन्धानमा उत्तमराज सुवेदी पुगेका छन् । उनलाई प्रहरीभित्र अनुशासन्धानको क्षेत्रमा अब्बल मानिन्छ । उनको बढुवा त्यही बेला हुनुपथ्र्यो जुन बेला धिरजहरु एआईजी भएका थिए । तर सरकारले सेवा अवधि छोटो भए पनि बसन्त पन्त र बसन्त लामालाई एआईजी बनेर अवकाश लिने अवसर दिँदा उत्तमहरु पछाडि पारिएका हुन् । राजनीतिक हस्तक्षेप भनेको यही हो । जहाँ पैसाको लेनदेनले बसन्तहरु घर जाने बेलामा डिआईजीबाट एआईजी भए संगठनमा अब्बल भएर पनि उत्तमहरु पछि परे ।

त्यसैगरी प्रशासन विभागमा अरुण बिसी, अपराधमा दिवेश लोहनी, तालिम केन्द्रमा मुकुन्द आचार्य, मानव श्रोत विभागमा पूजा सिंह, कार्यविभागमा सहकुल थापालाई नै निरन्तरता दिइएको छ । त्यसो त नेपाल प्रहरीले प्रशासनमा यस पटक महिला एआईजीलाई ल्याउनुमा समावेशीताको सिद्धान्त कार्यान्वयन भएको बताउनेहरु छन् भने ३८ किलो सुन काण्डमा मुछिएका दिवेश लोहनीलाई अपराध अनुसन्धान जस्तो कार्यक्षेत्र तोकिएको छ । काठमाडौं अनुसन्धानमै रहँदा सुन काण्डमा मुछिएका पात्र थिए ।


सम्बन्धित समाचार