Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईएमईले आईपीओ जारी गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो । कम्पनीले जारी गरेको साधारणसभा सूचनामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव छ । आगामी साधारणसभाबाट कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र बाँकी आईपीओ जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए । मंसिरमा हुने साधारणसभाले पास गरेपछि आईपीओ जारी गर्ने प्रक्रिया सुरु हुने र यो जतिसक्दो छिटो सुने कम्पनीका सीईओ पौडेलले बताए । लिमिटेडमा रुपान्तरण भएको ८ वर्षपछि कम्पनी सर्वसाधारणमा जान लागेको र यसले सर्वसाधारण माझ थप विश्वास सिर्जना गर्ने उनको भनाइ छ । नेपालमा दुई दशकदेखि रेमिट्यान्स सेवा प्रवाह गरिरहको कम्पनीले २ सय हाराहारी मलुकहरुबाट विप्रेषण भित्र्याइरहेको छ । कम्पनीका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् ।


सम्बन्धित समाचार