Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईजीपीका लागि चल्याे महाभारत

काठमाडौं । राजनीतिक हस्तक्षेपले थला परेको प्रहरीलाई माओवादी नेतृत्वले गृह सम्हाल्दा राहत पुग्छ । तर आईजीपी बन्नेले माओवादी भन्दा काँग्रेस र र एमाले मात्र होइन राप्रपालाई रुचाउँछन् । अच्युतकृष्ण खरेल काँग्रेस, धु्रवबहादुर प्रधान राप्रपा र एमाले बनेर प्रहरीलाई ढुट्टो बनाएकै हुन् । सर्वेन्द्र खनाललाई माओवादी पक्षले गृह सम्हालेको हुने थिएन भने आईजीपी बन्न कठिन थियो । उनी मण्डले पथका हुन् । पुष्पर कार्की राष्ट्रपतिद्वारा अगाडि सारिएका पात्र थिए । काँग्रेसी कित्ताका रमेश खरेलले डिआईजीबाट राजीनामा दिए । कार्की व्यवसायिक प्रहरीका रुपमा गनिएका थिए सर्वेन्द्र त्यही रुपमा । यी दुवै मान्छे मारेर चर्चामा आएका हुन् । तर जसले सघायो उसैप्रति सर्वेन्द्र बफादार भएनन् । बरु उनी विवादास्पद चरित्रका किसान श्रेष्ठ, महेश बस्नेतका पौरखमा सरिक भए । आईजीपीबाट हटेको एक महिना नपुग्दैको अवस्था थियो त्यो । प्रहरीलाई उपेन्द्रकान्त अर्याल, प्रकाश अर्यालले केही दिएनन् । तिनकै पालामा सचिवालयमा गुटबन्दी भयो । अहिले गुटबन्दी चरम छ । २४ असारमा ठाकुर ज्ञवाली हट्दैछन् । त्यहाँ भक्तपुरे शैलेश थापा र पश्चिम नेपालका हरिबहादुर पालको दौडधूप छ । खञ्चुवा चरिचत्रको नेतृत्वले कानुनी रुपमा अडिट देखिने शैलेस थापालाई पूरा समय आईजीपी बन्न देला नदेला । किनकि अहिले आईजीपी हुनेहरू २१ महिना शासन गर्छन् । सञ्चार जगतसँग टाढा बस्ने सानो घुमन्ते कोटरीमा रमाउने बानी परेका थापालाई महेश बस्नेतसँग जोडेर हेरिन्छ । आईजीपी पछिको दौड एआईज को बन्ने भन्ने हुन्छ नै । थापा लगभग आईजीपी हुने निश्चित भए पनि प्रतिस्पर्धिसँग डराउनु पर्ने जरूरी छैन । किनकि हरि पाललाइ २ नम्बरकाे एआईजी बनाउने आङ छिरिङ शेर्पा अहिले छैनन् । हिजो उनी प्रधानमन्त्री ओलीका अत्यन्त विश्वासपात्र र सहयोगी थिए । उनकै कारण काँग्रेस भए पनि पाललाई दोस्रो नम्बरमा ल्याइएको प्रहरी वृत्तमा जानकारी छ ।

एआईजी को बन्ला ?
कामको हिसाव यहाँ हुँदैन । चाकडी बृफ केशको हिसाव हुने भएकाले विश्व पोखरेल प्रद्युम्न कार्की र निरज शाहीबीचको शक्ति संघर्ष चर्को हुँदैछ । नेपाल प्रहरी दलगत, गुटगत स्वार्थको संगठन बनेको काँग्रेस र एमालेकै कारण हो । गृहमन्त्री फेरि माओवादी आए त वरिष्ठता हेर्ला एमालेका धुन्धकारी आए ब्रिफेकश हेर्छन्, एक प्रहरी अधिकारी भन्दै थिए । यसपछिको नेतृत्वमा पुग्नेहरू युवा पंक्ति देखिएको छ । यो पंक्ति यतिखेर डिआजीको तहमा कार्यरत छ ।