Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईजीपी अपराधको साक्षी बस्दा झुक्यो शिर

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ तथा भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणाबाट राम्रै आशिर्वाद पाएर संगठनको नेतृत्व लिन एसएसपीको आठौं रोलक्रम उछिनेर डिआईजी बनाइएका बसन्त कुँवर नेपाल प्रहरीको आईजीपी रहेकै बेला उनका सहयात्री भीम ढकाल र उमेश जोशी एआईजी बन्दैछन् । दाबी त उनीहरूले हिजो पनि गरेका थिए तर ढुंंगो बोल्ला मान्छे बोल्दैन भने जस्तै तिनको हार गुहार कसले सुन्ने ? अहिले लाज पनि सर्माउँछ भने जस्तै अवस्था हुँदा डिआईजी ढकाल र जोशीले मौका पाएका छन् । यिनले हिजो धन वर्षा नगर्दा पछि परेको बताउने प्रहरीमै छन् । धनका दरिद्र यी पनि थिएनन् । मनका भने दरिद्र नै हुन् ।
एसएसपी हुँदासम्म म फस्ट भन्ने गर्बिलो दाबीका सन्दिप भण्डारी र चौधरी समुदायको नाम राखेकी वीरगञ्जका पुराना पत्रकारकी छोरी (उनका बाबु वीरेन्द्र चौधरीले नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा पनि कलम चलाए) मीरा चौधरी समुदायबाट एआईजी भएकी हुन् । माओवादी पार्टी सत्ताको नायक थिएन र नारायणकाजी नामको नेता गृहमन्त्री थिएन भने चौधरीहरूका पालो एआईजीमा आउँदैनथ्यो । काजीलाई अहिले एआईजी भएकाहरूले सरापेका छैनन् । तर माओवादी र एमालेसँगको सम्बन्ध बनाएकाहरू आफू पेलिएको बताएर सहकारी ठग गृहमन्त्री रवि लामिछानेको ऋण तिर्न राजी भएका हुन् । कर्णालीमा वर्ष बिताएर प्रहरी प्रवक्ता भएर एआईजीको बढुवा सिफारिश भएका भीम ढकाल विवादमा नपर्ने बरु विवादित निर्णय नगर्ने हुन भने सुदूरपश्चिमको भएर पनि काँग्रेसकी कुलायनले नपत्याएकी रमेश जोशी पनि वरिष्ठताकै आधारमा एआईजी भएका हुन् । जोशी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा छन् ।

संगठनमा असक्षम भनेर यी पनि चिनिएका थिएनन् । सक्षम भए पनि भीम ढकाल ब्रिफकेश बुझाउन नसक्ने भएकाले पहिले छनोटमा परेनन् । संगठनमा आफू सक्षम भएको दाबी गर्ने एआईजी सन्दिप भण्डारीको वैशाख ६ गते नै आईजीपीद्वारा बिदाई गरिएपछि आफू जहाँ गयो त्यहाँ विवाद रहित ढंगले कार्य सम्पादन गरेकोमा गर्व गर्ने ठाउँ भयो । प्रहरीका भूपूहरूको स्वास्थ्य उपचार निःशुल्क हुँदा परिवार पनि थपिएको छ । प्रहरीको पेन्सन पट्टा लिने झन्झट हटाइएको छ । प्रहरी परिवारहरूलाई प्रहरी अस्पतालमा निःशुल्क गरिएको छ । गृहमन्त्रीमा नेकपा एमाले थियो भने अहिलेका आईजीपी बसन्त कुँवर आईजीपी हुने ठाउँ थिएन । ब्रिफकेश र दाजू बाबुराम कुँवर राष्ट्रपतिका कानुनी सल्लाहकार हुँदैनथे भने बसन्त आठौंको ठाउँमा १२ औं पुग्थे । भ्रष्टाचारकी कुलदेवीलाई ब्रिफकेश बुझाउने काँग्रेसका राष्ट्रपतिका कानुनी सल्लाहकार हुन् । जसले काँग्रेसको निम्ति केही नगरे पनि पौडेलको नाउमा कहिले महान्यायाधिवक्ता, कहिले गण्डकी प्रदेशको प्रमुख भएर फाइदा लिएकै हुन् । अहिले पनि उनको छाउनीस्थित हवेलीमा प्रहरीको बढुवा र सरुवाको लस्कर हुन्छ । कुलदेवीलाई त्यो जानकारी हुन्छ । किनकि रामचन्द्र पौडेल जस्ता लोभी र धुर्तलाई देशले राष्ट्रपति बनाएको छ ।

तीन डिआईजी खाली
प्रहरीमा तीन डिआईजी पद रिक्त रहेको छ । त्यहाँ पनि कुलदेवीको केही लाग्दैन । सरकारी गठबन्ध्न पुरानै थियो भने काँग्रेसकी कुलायन एवं भ्रष्ट मार्कोस डा. आरजु राणको जगजगी प्रहरीमा हुन्थ्यो । सभापति शेरबहादुर देउवाले वरिष्ठताका आधारमा एआईजी र डिआईजी बढुवा हुन दिँदैनथे । किनकि कुलदेवीसम्म राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले पैसा पु¥याउँथे आफू पनि लिन्थे । बढुवा प्रक्रियामा यस पटक उपत्यका एआईजी दीपक थापाको योजना लागू भयो । सन्दिप भण्डारी र मिरा चोधरीको बिदाई अगावै डिआईजी भीम ढकाल र उमेश जोशीको सिफारिश भयो । काँग्रेसी कुलायनले पत्तै पाइनन् । राष्ट्रपति कार्यालयका दाजूल भन्नै भ्याएनन् । प्रहरीको बढुवाका लागि छाउनीतिर चहलपहल हुन्छ ।

ठगको प्रवक्ता आईजीपी
अघिल्लो बढुवामा अन्यायमा परेका ढकाल र जोशीलाई वरिष्ठताको आधारभा एआईजी बनाउँदा ब्रिफकेश बोकेर नेताको दैलो धाउनेको बाटो रोकियो । आईजीपी कुँवरले गल्ती राम्रै गर्छन् । उनी सहकारी ठग गृहमन्त्रीको रक्षक भए भने पूर्व गृहमन्त्री माओवादी उपाध्यक्ष एवं प्रमका विश्वासपात्र कृष्णबहादुर महरा रोल्पा जाँदै गर्दा कपिलवस्तुबाट पक्रेर काठमाडौं ल्याइयो । महरालाई भारत भाग्न लागेको आरोप लगाउने र प्रचार गर्ने आईजीपी कुँवर नै हुन् । जसले काँग्रेसकी कुलदेवीको सेवा गर्न नक्कली भुटानी शरणार्थ प्रकरणको छानविन रोकाउन सफल भ्रष्टहरूको सेवा गरेका छन् । एमालेका टोपबहादुरलाई भारत भगाउने उनै हुन् । आईजीपी कुँवरको असक्षमताले ठाउँ ठाउँमा गल्ती गर्दा पदै धरापमा परेको छ । प्रधानमत्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा समेत आईजीपीको व्यवहारबाट सन्तुष्ट छैनन् । नीतिगत कुरामा उनका सहयात्रीहरूले सघाए पनि जनता ठग्ने गृहमन्त्रीको बारेमा राज्यव्यवस्था समितिमा कुँवरले बोलेका कुराले प्रहरीको शीर झुकेको छ । जुन बेला माओवादीका कालिबहादुर खामलाई उपत्यकाप्रहरीले पक्रेर चितवन पठाएको छ । उपत्यकाप्रहरीबाट डन र गुण्डा पक्रने अदालत लाने भएकै छ । आईजीपीको नियन्त्रणको प्रवन्ध र आसचमौमा हुने खर्च नै प्रवक्तादेखि प्रशासनमा समेत भागवण्डा लाग्छ । भित्री रुपमा हुने खरिदलाई टेण्डरमा लगिँदैन । नेपाल प्रहरीले यस्तो बेला सहकारी लुटाहा गृहमन्त्रीको सेवा गरेको देख्दा लाजै लजाएको छ । प्रधानमन्त्रीको खुट्टा ढोग्नेहरूले ठग गृहमन्त्रीको सेवक बनेर नारायणकाजीलाई असहयोग गरेकै हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी छ । त्यो छाविन रोकिँदैन तर आईजीपी भने नांगै भएका छन् । त्यो नग्नता राष्ट्रपतिका कानुनी सल्लाहकारले ढाक्दैछन् । किनकि ती काँग्रेस हुन् । काँग्रेसकी भ्रष्ट कुलयानको टिम छानविनको घेरामा छ ।


सम्बन्धित समाचार