Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं – आगामी शनिबार अर्थात् मार्च २२ मा इन्डियन प्रिमियर लिग आईपीएलको नयाँ सिजन सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्लुरूबीच प्रतिस्पर्धा हुनेछ । कोलकातामा हुने उद्घाटन कार्यक्रम भव्य बनाउने आईपीएलको तयारी छ । कार्यक्रम कोलकाताको इडेन गार्डेन स्टेडियममा हुने बताइएको छ । बलिउड हस्ती जाने खबरले आईपीएल पर्खिरहेका क्रिकेट प्रेमी थप उत्सुक बनेका छन् । उनीहरूले उद्घाटन कार्यक्रममा क्रिकेटका हस्तीसँगै बलिउड स्टा।लाई समेत देख्न पाउने भएका छन् । हिन्दूस्तान टाइम्सका अनुसार उद्घाटन कार्यक्रममा नायकहरू शाहरुख खान, सलामान खान, सञ्जय दत्त र नायिका प्रियंका चोपडा सहभागी हुनेछन् । शाहरुख खान आफ्नो टिमको समर्थन गर्न इडेन गार्डेन जाने भएका छन् । सलमान आफ्नो आगामी फिल्म ‘सिकन्दर’को प्रचारका लागि स्टेडिममा पुग्ने बुझिएको छ । त्यस्तै नायक नायकहरू बिक्की कौशल, बरुण धवन, दिसा पटनीसमेत कार्यक्रममा उपस्थित हुनेछन् । गायिका श्रेया घोसाल, गायक अरिजित सिंह र करण औजलले सांगीतिक प्रस्तुति दिने तय भएको छ । नायक बरुण र नायिका दिसाले नृत्य प्रस्तुति दिने भएका छन् । त्यस्तै, कटरिना कैफ, अनन्या पाण्डेया, माधुरी दिक्षित, जान्भी कपुर, करिना कपुर, आयुस्मान खुरानालगायतका कलाकार पनि उद्घाटन कार्यक्रममा सहभागी हुने छन् ।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल