Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आउँला त देउवालाई सत्ता ?

काठमाण्डौ । काँग्रेस सभापति शेर बहादुर देउवा ओली छन् खर शक्तिको आडमा प्रधानमन्त्री बन्ने सपना देख्दै छन् । आँफू सत्तामा भएपछि पार्टी सभापति पदमा पनि जितिने आकंलन उनको छ । काँग्रेसमा भारतीय रअ पक्षधर विमलेन्द्र निधि कृष्ण निरौला समेत रअकै निर्देशनमा प्रधानमन्त्री ओलीले चालेको कदम विरोधी छन् । नेपालमा भारतीय गुप्तचरको तलब खानेहरु एक ठाँउमा रहन सक्दैनन् । अमदेश सिहंलाई काँग्रेसमै गनिदैन ।

यसपटक काँग्रेस, माओवादी, जसपाको यादव पक्ष, एमालेको माधव पक्ष र जनमोर्चाका गरि १४९ सांसदको उपस्थिति सर्वाेच्चमा गराईयो । प्रम ओलीले पनि एमालेको १२१ जसपामा ३२ जनाको टिम समेत १५३ जनाको नाम राष्ट्रपति समक्ष दिलाउदा विद्या भण्डारीले झन्झट सहन चाहिनन् । दुवैको दाबी अस्वीकार गर्दै मध्यावधि चुनावको पक्षमा सूचना जारी गर्दा पदको गरिमा माथि प्रश्व उठाइदै छ । पूस ५ को विघटन फागुन १२ मा उल्टियो । प्रम ओली १८ दिन संसद चल्दा एक दिन पनि संसदमा नजाँदा उनलाई संसदीय व्यवस्था विरोधी भनियो ।

प्रम ओली कै कारण एमाले फुट्ने जसपा फुट्ने त छदैछ । अधिल्लो फैसलाको अन्तिम पत्र सर्वाेच्चले सार्वजनिक नगर्दै प्रम ओलीले अरुलाई सत्ता दिनु भन्दा पून मध्यावधि नै रोजेका छन् । मध्यावधि चुनाव कोरोनाको बेला सम्भव छ छैन कानूनी पाटो आउन बाँकी छ । तर काँग्रेसका सभापति देउवाले पाँचौ पटक प्रधानमन्त्री हुने साईत जुर्लाकि नजुर्ला त्यो भने कुर्नै पर्छ । देश सरकार विरुद्ध छ तर सरकार कोरोना महामारीको कमिशनमा डूब्दैछ । आज विपक्षीहरुले सरकार विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेपछि प्रधानमन्त्री केपि ओली र राष्ट्रपति विद्या भण्डारीको विरुद्ध माहोल बडेको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल