Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय फुस्सा

काठमाडौं । चौतर्फी दबाव झेलिरहेको सरकारले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद‍‍्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमानलाई नियुक्त गर्ने हल्ला चले पनि त्यस विषयमा छलफल समेत नभएको एक मन्त्रीले ताजानेपाललाई बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई सरकारको तर्फबाट विभिन्न सम्झौता गर्ने अधिकार दिने निर्णय पनि गरेको छ ।

नेकपाका दुई अध्यक्षबीच जारी छलफलमा मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा लामै बहस भइसक्दा पनि नयाँ मन्त्रीमण्डको छेकोछन्दा आजको क्याविनेटमा देखिएन । पद जाने डरले धुरमुराउँदै क्याविनेट पुगेका मन्त्रीहरु खुशी हुँदै फर्किएका छन् । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।

उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउने निश्चित भइसकेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पक्षधर भनेर चिनिएका मन्त्रीहरुमध्ये गृहमन्त्री रामबहादुर थापा, आपूर्तिमन्त्री लेखराज भट्टले कित्ता फेरेका कारण उनीहरुको जागिर जोगिए पनि वर्षमान पुन, बुहारी बीना मगर, शक्ति बस्नेत, गिरिराजमणि पोखरेलको पद भने धर्मराउँदो अवस्थामा पुगेको छ ।