Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आकाशियो विश्व बजारमा तेलको मूल्य

काठमाडौं । अरवौं घाटामा रहेको नेपाल आयल निगमलाई फेरि तेलको मूल्य बढाउनु पर्ने बाध्यता आइलागेको छ । विश्व बजारमा इन्धनको मूल्य आकाशिएको छ । तर सरकारले आफ्नो भोट घट्ने भनेर तेलको मूल्य घटाउँदैन । त्यसो नौ थरि कर मात्रै घटाउने हो भने पनि आयल निगमको घाटा पनि कम हुन्थ्यो भने उपभोक्ता पनि मर्कामा पर्दैनथे । तेलको मूल्यले नयाँ किर्तिमान बनाउँदै प्रति ब्यारल ८८ डलर कटेको छ । आज बोनी लाइटले प्रतिब्यारल ८८.२४ डलर मूल्य राखेको छ । ओपेक बास्केटको प्रति ब्यारल ८६.५४ डलर छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल ८७.९९ हुँदा डब्लुटीआई क्रुडको ८६ डलर रहेको छ । एक ब्यारलमा लगभग १५९ लिटर हुन्छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुनुमा रुसले युक्रेनमाथि हमला गर्ने खतराले पनि हो । रुस तेल उत्पादक देश हो । तेल उत्पादक देश संयुक्त अरब इमिरेट्समा यमनका हुथी विद्रोहीले ड्रोन हमलाका कारण पनि तेलको मूल्य वृद्धि भएको हो ।
तेलको मूल्य आकाशिंदा नेपालमा ठूलो असर परिसकेको छ । यसै पनि नेपाल आयल निगम ठूलो घाटामा छ । विश्व बजारमा मूल्य वृद्धिले निगम थप घाटामा जाने भएको छ । दैनिक १४ करोड घाटा व्यवहोरिरहेको निगमले थप घाटा व्यहोर्नुपर्ने भएको छ । नेपाल आयल निगमको संचित सून्य भएको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि सरकारसँग ऋण मागेको छ । आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब अपुग हुने भएको जनाइसकेको छ ।
निगमले ३ माघमा विज्ञप्ति जारी गरी घाटा विवरण पेश गर्दै तत्काल रकम व्यवस्था गरी आपूर्ति सहज बनाउनुपर्ने वाध्यताबारे उल्लेख गरेको थियो । निगमले मासिक ४ अर्ब रुपैयाँ भन्दा बढी घाटा रहने देखिएकाले ३ महिनासम्मका लागि तेल आपूर्तिका लागि न्यूनतम १२ अर्ब रुपैयाँ आवश्यकता रहेको उल्लेख गरेको थियो । आयल निगम मूल्य वृद्धिको तयारीमा छ । यसका लागि सरकारको अनुमतिको प्रतिक्षामा छ । थेगिनसक्नु मूल्यवृद्धिले नेपालमा उपभोक्ताहरु मारमा पर्न सक्ने सम्भावना छ । यसैगरी नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा सुशील भट्टराई नियुक्त भएका छन् । यसअघिका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको अवधि सकिएपछि भट्टराईलाई निमित्तको जिम्मेवारी दिइएको हो ।