Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आगो लिन आए जसरी आउँदैछन् चिनियाँ रक्षामन्त्री नेपालमा

काठमाडौँ । आगो लिन आएजसरी चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउने केही क्षणको बसाईपछि फर्कने कार्यक्रम छ । उनी यही मंसिर १४ गते नेपाल आउने तय भएको छ । आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य राखिएको छ । भारतले एकपछि अर्को सरकारी अधिकारी नेपाल भ्रमणमा पठाइरहेका नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल यात्रा भने एक दिनको मात्र तय भएको छ ।
राष्ट्रपति सी जीनपिङको गत वर्षको भ्रमणपछि नेपाल आउन लागेका सर्वोच्च चिनियाँ अधिकारी हुन् रक्षामन्त्री। नेपालको राजनीतिक अस्थीरता र सत्ताधारी नेकपा भित्रको द्वन्द्व विभाजनमा पुग्न सक्ने अवस्थासँगै भावी राजनीतिमा नेपाली सेनाको सान्दर्भिकता बढ्न सक्ने अड्कलबाजीका बीच चिनियाँ विदेश मन्त्रीको सट्टा रक्षामन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ। हालै सम्पन्न भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र त्यसअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको भ्रमण अनि र अर्को हप्ता भारतीय विदेश सचिव हर्षबर्धन शृङ्गलाको नेपाल यात्राकै सेरोफेरोमा हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई दुई छिमेकीबीच नेपालमा बढेको चासो र प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।
रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने बताइएको छ ।


सम्बन्धित समाचार