Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आचारसंहिता सबैले मानौं

जस्तो नेता त्यस्तै समाज । जस्तो देश त्यस्तै भेष भन्ने कुरा निर्वाचनको उम्मेदवार बनेका केहीले प्रदर्शन गरे । मुलुकको प्रधानमन्त्री भएको नेताको बोली र अरुप्रतिको व्यवहारले आचारसंहिता कति उल्लंघन ग¥यो ? सानालाई ऐन, ठूलालाई चैन हुने लोकतन्त्रलाई नांगेझार तिनले परेका छन् । जो भ्रष्टाचार, तस्करी र माफियाकरणको रक्षा गर्दैछन् । पार्टी बदनाम गर्न तिनलाई लाज भएन । यिनकै असफल शासन शैलीले जेनजी आन्दोलन निम्त्यायो, हर्क बालेन, , कुलमान प्रतिस्धर्पामा आए । राजनीति समाज सेवा हो । तर गणतन्त्र आएपछि व्यापारीकरण गरियो । जनताको हितमा सिन्को नभाँच्नेले माफिया, कालो बजार र बिचौलियाकै सेवक बन्न तिनै नेताले रुचाए । यसको शुरुवात एमालेका सुप्रिमो केपी ओलीले गरे । जो पार्टीमा आफैं डन बनेर व्यवहारमा छाडा, चरित्रमा भष्मासुर देखिए । तिनकै डाँको चर्को हुँदा तिनकै हुकुम तामेली गर्न र परिचालित हुन संवैधानिक अंग, कुटनीतिक क्षेत्र, सुरक्षा फौज प्रशासनिक तह राजी भएको कुरा छर्लङ्ग भए पनि लाज पचाउने काम भएको छ ।
केपी ओलीको घमण्डले निर्वाचन आचारसंहिता तोडियो । मधेशको भावनामाथि प्रहार ग¥यो । तर पनि ओली आफू जस्तो पौरखी र बहादुर अरु ठान्दैनन् । ओलीले मात्र होइन उनका भक्तहरूले पनि आचारसंहिता तोडे हुन्छ निर्वाचन आयोगले सोध्छ ओली लिखित पठाउँछन् । जेजनी जाँचबुझ आयोगलाई हेपेका केपी ओली कानुन भन्दा माथि छन् । शेरबहादुरलाई त्यो हालतमा पु¥याउने उनै हुन् । ओलीलाई ऐन कानुनले छुनु हुँदैन । किनकि उनी कानुन भन्दा माथिका महाराज हुन् । आफूले कस्तो शासन, कस्तो प्रशासन चलाएछन् भन्ने कुरा सडकछाप भएपछि आज बुझ्दैछन् । एयरपोर्टमा सधै भिआईपी कक्ष प्रयोग गरेर सलुट खाँदै हिँडेका बानी परेका ओलीलाई आज पनि हुकुमी शासक हुँ भन्ने लाग्दो हो । जो नेपालको सत्ता इतिहासमा आन्दोलनकारीबाट बच्न प्रम पद त्यागेर सेनाको हेलिकोप्टरमा चढेर काठमाडौंबाट पर मकवानपुर पुग्नु प¥यो । बालुवाटारमा आफैंले छानेर राखेका प्रहरी, सेना, गुप्तचरप्रति विश्वास नभएर यसरी भागेका नेता अरुको बदख्वाइँ मात्र गर्छन् र निर्वाचन आचारसंहिता उल्लंघन गरिरहन्छन् । उनकै धम्कीले सबै थर्कमान हुनुपर्ने । यस्ता तानाशाहहरूलाई थान्को लगाउने दायित्व जनताको काँधमा छ । स्वार्थका लागि जहाँ जो सुकै होस् मिल्ने प्रवृत्तिकै कारण विवादास्पद प्रवृत्ति उम्मेदवार बन्दा आचारंहिता कार्यान्वयनमा जटिलता आएको हो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल