Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजको क्याबिनेटबाट हुँदैछन् यी निर्णय

काठमाडौं । अपेक्षा गरेभन्दा फरक परिस्थिति सिर्जना भएपछि भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएको लामो दुरीका बस तथा हवाई यातायात फेरि १५ दिन धकेलिने भएका छन् । लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि भदौ १ मा पनि लामो दूरीका यातायात तथा हवाई उडान सञ्चालनको अनुमति नदिन कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि ती सेवा स्थगित गर्ने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । तर, कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको हो । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ । यसबारे औपचारिक निर्णय भने सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने बताइएको छ । बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ । साउन ६ गते लकडाउन अन्त्यको घोषणा हुँदा १७ हजार ९९४ जना संक्रमित भएकोमा आइतबार ९ २५ साउनमा० संक्रमित संख्या २२ हजार ९७२ पुगेका छन् । यस्तै लकडाउन अन्त्य हुनुपूर्व कोरोनाले ४० जनाको मृत्यु भएकोमा १९ दिनकाबीचमा थप ३५ जनाको मृत्यु भएको छ ।