Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजको सचिवालयबाट उम्के प्रधानमन्त्री

काठमाडौँ । केही सीप नलागेपछि हिजो सचिवालयमा बस्न बाध्य भएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने नबस्ने भएका छन् । आफूमाथि विपक्षी मोर्चाबन्दी कसिलो बन्दै गएपछि उनले आजको बैठकमा नबस्ने निर्णय लिएका हुन् । सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।
हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका एक नेताले भने । प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार लगत्तै बैठक राख्ने हो भने उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसकेको बताए । मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।


सम्बन्धित समाचार