Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजको सार्बजनिक बिदालाइ शेखर कोइरालाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आज सार्वजनिक बिदा दिएकामा आपत्ति जनाएका छन् । सोमबार बिहान ट्विट गर्दै उनले संविधानले चिन्दै नचिनेको दिवस’का नाममा बिदा दिइएको भन्दै विरोध गरेका हुन् । उनले देशमा कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदै छ भन्दै प्रश्न समेत गरेका छन् ।

एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौँ भन्दै हुनुहुन्छ, तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,उनले लेखेका छन्, आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको देश कता जाँदै छ कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदै छ

विवादमा जनयुद्ध दिवस बिदा– राप्रपा मन्त्री अनुपस्थित, एमालेको विरोध
यसअघि, गएको माघ २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार आवश्यक भएको बताएका थिए ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल