Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रुपन्देही । केही समययता उडान रोकेको जजिरा एयवरेवजको शनिबार आफ्नो विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ०७९ जेठ २ मा जजिराले यहाँबाट पहिलो उडान भरेपनि बीचमा विभिन्न कारण देखाउँदै रोकेको थियो । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ । आज नै जजिरासहित तीन विमान कम्पनीले यहाँबाट उडान भर्नेछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०, जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन सोमबार र बिहीबार बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल