Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि थप आन्दोलन गर्दै एलपी ग्यास उद्योग संघ

काठमाडौं . नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरू गर्न लागेको जनाएको छ। यसअघि माघ ३० गतेका उद्योग मन्त्रीको उपस्थितिमा नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारीहरू, निगमका पदाधिकारीहरू र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल भएको थियो। छलफलले माग सम्बोधनका लागि मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग भएपछि फागुन १५ गते बुधबारसम्मको लागि विरोधका कार्यक्रमहरू स्थगित गरिएको थियो। तर, हालसम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरू पुनः सञ्चालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ।

यस्ता छन् विरोधका कार्यक्रमहरू
१. फागुन १८ गतेदेखि पिडिओ पीडीक्यू नउठाउने।
२. फागुन २४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने।
३. चैत १ गतेदेखि भन्सारबाट बुलेट नछुटाउने।
४. चैत ७ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्री वितरण बन्द गर्ने।
५. चैत ११ गतेदेखि डिलरहरूबाट ग्यासको बिक्री वितरण बन्द गर्ने।


सम्बन्धित समाचार