Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि फेरि मौसम बदली हुने, हिमपातको सम्भावना

काठमाडौं । लगातारको चिसो छिचोल्दै झुल्किएको घाम फेरि दुई चार दिन हराउने भएको छ । धबार रातिबाट पुनः बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ । बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली केही सशक्त हुने छ भने त्यसको भोलि र पर्सि पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनसक्ने बताइएको छ ।
नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ । यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपात हुने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल