Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ ।
अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ । आफू स्वस्थ भएको प्रमाणपत्र पनि ७ दिनभित्रको मितिमा तयार भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यसैबीच बिदेशबाट नेपाल आउने नेपालीले पनि आफू कोरोना संक्रमित नभएको पुष्टि हुने कागजात पेस गरेर मात्र नेपाल आउन पाउने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । ठीकठाक अवस्थामा नेपाल आएका नेपाली र विदेशी जो कोहीले पनि अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको मन्त्री ढकालले जनाएका छन् । तर यसअघि चीनबाट उद्धार गरेर नेपाल ल्याइएका १ सय ७५ जना नेपालीका लागि राज्यस्तरबाट भएको उद्धार एवं सरकारले नै क्वारेन्टीमा राख्ने अवस्था भने नरहेको मन्त्री ढकालले बताएका छन् । भवितब्य आइहाले खरिपाटीको क्वारेन्टाइनसहित काठमाडौं उपत्यकाका सबै ४३ वटै अस्पताललाई तमतयार रहन निर्देशन दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल