Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजबाट माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अहिले केही बेरमा बस्दैछ । अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने तयभएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । आजदेखि माओवादीको (प्रथम राष्ट्रिय सम्मेलन) महाधिवेशन सुरु हुँदैछ । सो सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा परिणत गरिँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अपराह्न १ बजे सम्मेलन सुरु हुनेछ । सम्मेलनको तयारीस्वरुप शनिबार अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल गरेका थिए ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने अहिले बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ । सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ । शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो ।
महाधिवेशनको उद्घाटन आज हुँदै छ । चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिन ण्डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदै छ । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ । महाधिवेशन उद्घाटन अपराह्न ३ बजे हुनेछ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।