सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सुस्मित पोखरेलका अनुसार, अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेगरी बैठक बोलाइएका हो ।
यसअघि बालेन्द्र शाह प्रधानमन्त्री भएकै दिन शुक्रबार मन्त्रिपरिपद्को पहिलो बैठक बसेको थियो ।
बालेन्द्र सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।

