Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौं। प्रतिनिधि सभा सदस्य इलाम २ र प्रदेश सभा सदस्य बझाङ १ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा आगामी २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो। इलाम र बझाङको चैनपुरमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो। निर्वाचन आयोगका अनुसार ती दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्म हुने कार्यक्रम छ। आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन हुने छ। उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। त्यसैगरी चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल