Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । एक पदाधिकारीका अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ । जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेका छन् । बैठक र मापदण्डविनै सूची तयार पारिएको भन्दै एमालेमा बैठक बोलाउन दबाब बढाइएको थियो ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल