Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज एमालेले देशैभरबाट महाधिवेशन प्रतिनिधि छान्दै

काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । मनोनीत एमालेको ११ महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनौटका लागि केन्द्रीय सङ्गठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यस अघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ । एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ। यस्तै प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए। दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन्। जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ। विभाग र कार्यालयबाट एक एक जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ। केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन्। त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्। यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्। एमालेको कुल सङ्गठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन्। पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । तर सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनौटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ । पार्टीको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल