Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कक्षा १२ को नतिजा प्रकाशन हुने

काठमाडौं । कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा गरेसँगै नतिजा आज प्रकाशित हुने भएको हो ।
परीक्षा प्रकाशनका लागि सोमबार साँझ ५ बजे बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेर नतिजा सार्वजनिक गर्ने छ । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ ।अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।
गत वैशाखमा सञ्चालन भएको थियो कक्षा १२ को परीक्षामा देशभरबाट करीब ४ लाख परीक्षार्थी सहभागी भएका थिए ।