Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आइतबार काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। यस्तै देशका बाँकी भूभागका पनि एक–दुई स्थानमा त्यस्तै खालको वर्षा हुने सम्भावना छ। खासगरी आज कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ, महाशाखााका मौसमविद् गोविन्द झाका अनुसार देशका बाँकी भूभागका हकमा भने लुम्बिनीका एक–दुई स्थानमा पानी पर्ला, कर्णालीका एक–दुई स्थानमा पर्ला, तराईतिरलाई आज खासै वर्षाको सम्भावना छैन। यस्तै बागमती प्रदेशअन्तर्गत आज दिउँसो काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यस्तै राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल