Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कतै बर्षा कतै हिमपात

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। बिहीबार बिहान नेपालको पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशको मध्य तथा पश्चिमी भूभाग लगायत पुर्वी पहाडी भू्भागमा सामान्य बदली रही बाँकी भू्भागमा आंशिक बदली रहनेछ।
मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी तथा मध्य नेपालका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुनेछ । त्यस्तै आज राति देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुनेछ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल