Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कहाँ–कहाँ छ बाढीको जोखिम

काठमाडौं । लगातारको वर्षा अझै रोकिएको छैन । आज बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको भनाइ छ । कालीगण्डकीमा बहाव सतर्कता आसपास रहेको छ । आज नारायणी र यसका केहि सहायक नदीमा बहाव केहि बढ्ने तथा अन्य सबै प्रमुख र मझौला नदीमा बहाव केहि घटबढ हुने महाशाखाको पूर्वानुमान छ । आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना न्यून रहको छ ।