Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज काँग्रेसले उम्मेदवार छान्दै

काठमाडौं । आज नेपाली काँग्रेसले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छान्ने भएको छ । सो प्रयोजनका लागि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ । बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ । सभापति देउवाले सोमवार स्थालगत अध्ययनका लागि इलाम र बझाङ पुगेका महामन्त्री विश्वप्रकाश शर्मा र सुदुरपश्चिम प्रदेश सभपति बीरबहादुर बलायरले उमेदवारका बारेमा ‘ब्रिफिङ’ गरेका थिए । इलाम उपनिर्वाचनमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस भएको छ । त्यस्तै बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएको छ । तर इलाममा मुख्यगरि भेषराज आचार्य र डम्बर खड्काका बीचमा प्रतिष्पर्धा रहेको छ भने बझाङमा जगतप्रसाद जोशी र अभिषेक सिंहका बीचमा प्रतिष्पर्धा रहेको छ ।


सम्बन्धित समाचार