Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज काँग्रेसले सडक तताउने, काठमाडौंमा यस्तो छ तयारी

काठमाडौँ । संसद विघटनको विपक्षमा मैदानमा आउने निर्णय गरे पनि पार्टी सभापति भने भित्रभित्रै सरकारसँग भागवण्डामा सहभागी भएको आरोप लागिरहेको बेला संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ । प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । उनले क्षेत्र नम्बर १ को दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँको कोटेश्वरमा सम्बोधन गर्दैछन्। नेता प्रकाशमान सिंहले नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेता गगन थापा नेपालगञ्ज गएका छन् भने मीनेन्द्र रिजाल झापा पुगेका छन् । अन्य नेताहरु पनि सम्बन्धित क्षेत्रमा पुगेको तथा केही पुग्ने क्रममा रहेको कांग्रेसले जनाएको छ ।

काठमाडौंमा कहाँ–कहाँ हुँदैछ प्रदर्शन

कांग्रेसले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

क्षेत्र नम्बर १

– दिउँसो १ बजे, नयाँ बानेश्वर होटल एभरेस्ट अगाडि ।

क्षेत्र नम्बर २

– दिउँसो १ बजे कोटेश्वर चोक।

क्षेत्र नम्बर ३

– दिउँसो १ बजे जोरपाटी चोक ।

क्षेत्र नम्बर ४

– दिउँसो १ बजे नारायण चौर नक्साल।

क्षेत्र नम्बर ५

– दिउँसो १ बजे नारायण गोपाल चोक महाराजगन्ज ।

क्षेत्र नम्बर ६

दिउँसो १ बजे मनमैजु लोकतान्त्रिक चोक।

क्षेत्र नम्बर ७

– दिउँसो १ बजे बालाजु चोक ।

क्षेत्र नम्बर ८

दिउँसो १ बजे बसन्तपुर डबली ।

क्षेत्र नम्बर ९

– दिउँसो १ बजे कलंकी चोक ।

क्षेत्र नम्बर १०

दिउँसो १ बजे कीर्तिपुर बजार ।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल