Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम २ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्। कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ । उम्मेदवारको मनोनयन दर्ता चैत २४ तोकिएको छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार घोषणा गरी प्रचार प्रसारमा जुटिसकेका छन् । कांग्रेसले भने उम्मेदवार नै घोषणा गर्न सकेको छैन ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल