Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक विहीवार सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारबोरे छलफल गर्ने, भ्रातृ स्रगठनमा देखिएको समस्या समाधान गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका समितिहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनपछि केही स्थानीय तहका उम्मेदवारको नाम पनि सिफारिस भएर आइसकेको छ । त्यस्तै लामोसमयदेखि नेतृत्व विहीन रहेका भ्रातृ संगठनहरुका बारेमा पनि बैठकमा छलफल हुने छ ।