Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कुवेतबाट ३ सय महिला फर्किँदै

काठमाडौं । आज कुवेतबाट ३ सय नेपाली स्वदेश फर्किदै छन् । दुइटा फ्लाइटमा आउनेहरू सबै महिला रहेको बताइएको छ । एउटा जहाज १ बजे र अर्को ३ बजे आउने तयारी छ। दुवै जहाज कुवेत सरकारले पठाउन लागेको हो। कुवेतबाट आउने महिलाहरू अधिकांश घरेलु कामदारमा गएका हुन्। उनीहरूलाई ल्याएर राख्ने बारेमा भने अझै व्यवस्थापन भइसकेको छैन। कुवेतबाट बुधबार नै आउने तय भए पनि बिहीबार मात्रै ल्याउन लागिएको हो। युएइबाट बिहीबार ल्याउने भनिएका नेपालीहरूका बारेमा भने अझै टुंगो लागिसकेको छैन।
सरकारले कोभिड(१९ का कारण समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भनेको छ। सरकारले विभिन्न १५ वटा प्राथमिकता तोकेर नेपाल आउनेको सूची तयार पार्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो। विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन्।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल