Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी कार्यकर्ता भेटघाट अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् ।

बालेनलाई स्वागत तथा अभिनन्दन गर्न कैलाली र कञ्चनपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ ।

बिहान ७ बजे राजापुरमा स्वागत तथा अभिनन्दन कार्यक्रम भएसँगै उनको अभियान सुरु भइसकेको छ । राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ ।

दिउसो ३ः३० बजे उनी धनगढीबाट पुनर्वासतर्फ लाग्ने बताइएको छ । कञ्चनपुरमा उनी झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

 


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल