Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज गर्लान् त माधवले हिम्मत ?

काठमाडौं । न जुट्न सकेको न फुट्न सकेको नेकपा एमालेको विवाद दुवै पक्षलाई भालुको कम्पट भइसकेको छ । संस्थापन पक्षले पनि वरिष्ठ नेता माधव नेपाल पक्षलाई कारबाही गरिहाल्न सकेको छैन भेन वरिष्ठ नेता माधवकुमार नेपालले पनि मसक्क आँटेर पार्टी विभाजन गर्न पनि सकेका छैनन्, पार्टीमा मिलिहाल्न पनि सकेका छैनन् । यही अवस्थामा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज देशभरका कन्द्रिय सद्श्यलाई सहभागी गराउँदै आज केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि बुधबारका लागि बोलाएको बैठक आजलाई सारिएको थियो । बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । नेकपा एमालेमा जारी विवाद मिलाउने प्रयास भइरहेका बेला नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी डाकेको हो। नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे थप निर्णय लिन आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा बोलाएका हुन्। नेपाल पक्षले बैठक बोलाएपछि केपी शर्मा पक्षले आजको बैठकलाई अनधिकृत भन्दै बुधबार नै विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ । ओली पक्षले विज्ञप्तिमार्फत अपील गर्दै नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठक सहभागी नहुन नेताहरुलाई आग्रह गरेको छ। नेपाल कम्यनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक डाकिएको सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ, एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, साउन २१ गते एमाले केन्द्रीय कमिटीको बैठक नराखिएको सबैमा जानकारी गराउँदछु। पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल