Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज टुंगिएला आईजीपी बढुवाविरुद्धको मुद्दा ?

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ आज हुँदैछ। सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि आफू विगतमा तीन फड्को मारेर एमाले उपाध्यक्ष ईश्वर पोखरेलको फेरो समातेर अघि बढेको बिर्सिएका एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भए पनि सोमबारका लागि पेशी तोकिएको थियो। पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गर्नु प्रहरी ऐन विपरित भएको भन्दै रिट दायर गरेका हुन्।