Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज थपिँदैछन् चार मन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। बालुवाटार स्रोतका अनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन्। गणपतिलाल श्रेष्ठ पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुधा गौतम स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता खेलकुद युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्दै छन् । गणपतिलाल श्रेष्ठ लामो समयदेखि काठमाडौँ उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, संवर्द्धन र जगेर्ना अभियानमा क्रियाशील व्यक्ति हुन्। खगेन्द्र सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् भने बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्। स्वास्थ्यमन्त्री बन्न लागेकी सुधा गौतम पूर्वस्वास्थ्य सचिव हुन्। चारै मन्त्रीलाई आजै शपथ खुवाउने कार्यक्रम रहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ सदस्य छन्। जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल