Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपालमा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
थप ८ हजार ५२० जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ९४८ जनाको पीसीआर परीक्षण र ५३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल