Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज देउवा पक्षका नेताहरु जुट्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह पूर्व सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा २३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो । पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ । भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरू हुने बताइएको छ । यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।