Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज देशभर १३२५ जनालाई कोरोना संक्रमण

काठमाडौं । भोलिदेखि आन्तरिक उडान समेत शुचारु गर्ने तयारी भइरहँदा बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् ।