Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज नेकपा सचिवालय बैठक

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दै छ । बैठक सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गर्ने तयारी नेकपाले गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा आइतवार भएको छलफलमा सहमति जुटेको स्रोतको दाबी छ ।
दुई अध्यक्षबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको थियो । छलफलमा मन्त्रिमण्डल हेरफेरको विषयमा समेत छलफल भएको र ओलीले प्रचण्डसँग मन्त्रीहरुको हेरफेरमा सहयोग मागेको श्रोतको दाबी छ ।
आज बस्ने सचिवालय बैठकमा पनि यसबारेमा छलफल हुनसक्ने सम्भावना छ । तर प्रवक्ता श्रेष्ठले भने मन्त्रिमण्डल हेरफेरको विषय बैठकको एजेण्डामा नरहेको बताए ।