Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज नेकपा सचिवालय बैठक

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दै छ । बैठक सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गर्ने तयारी नेकपाले गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा आइतवार भएको छलफलमा सहमति जुटेको स्रोतको दाबी छ ।
दुई अध्यक्षबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको थियो । छलफलमा मन्त्रिमण्डल हेरफेरको विषयमा समेत छलफल भएको र ओलीले प्रचण्डसँग मन्त्रीहरुको हेरफेरमा सहयोग मागेको श्रोतको दाबी छ ।
आज बस्ने सचिवालय बैठकमा पनि यसबारेमा छलफल हुनसक्ने सम्भावना छ । तर प्रवक्ता श्रेष्ठले भने मन्त्रिमण्डल हेरफेरको विषय बैठकको एजेण्डामा नरहेको बताए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल