Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो। गएका ६ दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज २ हजार नौसय रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला एकलाख ९५ हजार दुईसय रुपैयाँ थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदीप्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल