Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज प्रतिनिधिसभाको बैठक यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो बस्दैछ । यही पुस ४ गते शुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । त्यस्तै आजको बैठकमा लोकसेवा आयोगको आव ०७५र०७६ को वार्षिक प्रतिवेदन पेश हुनेछ । राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यतालिका रहेको महासचिव भट्टराईले जानकारी दिए ।
पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको थियो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल