Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज प्रदेश ३ को नाम र राजधानीबारे छलफल

काठमाडौं । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज बस्दैछ । गत भदौ २४ गतेबाट स्थगित भएको बैठक सोमबार दिउँसो बस्न लागेको हो । प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले एजेन्डाहरू तय गर्ने जनाएको छ । प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा सोमबार छलफल हुने र मंगलबार मतदान हुने बताए ।
पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उनले जानकारी दिए । त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको उनले बताए ।
राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए ।
निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए । नेकपाको सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय यसअघि नै निर्णय गरेको छ । तर नेकपाका तीन नम्बर प्रदेश सांसदहरु नै सचिवालयको यो निर्णयप्रति सन्तुष्ट देखिएका छैनन् ।
मुख्यमन्त्री निवासमा शनिवार बसेको प्रदेश तीनको संसदीय दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनले बताए ।
पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले बताए । उक्त बैठकले सचिवालयको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल